दफा ३२
प्रमाणपत्र निलम्बन गर्न सक्ने
(१) प्रमाणीकरण गर्ने निकायले देहायका अवस्थामा प्रमाणपत्र निलम्बन गर्न सक्नेछ ः–
(क) प्रमाणपत्र प्राप्त गर्ने ग्राहक वा त्यस्तो ग्राहकको तर्फबाट अख्तियारी पाएको व्यक्तिले सो प्रमाणपत्रको निलम्बनको लागि अनुरोध गरेमा,
(ख) तोकिए बमोजिम सार्वजनिक हित विपरीत हुने अवस्थामा प्रमाणपत्रलाई निलम्बन गर्न आवश्यक भएमा,
(ग) प्रमाणपत्र जारी गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुराको पालना नभएको कारणबाट त्यस्तो प्रमाणपत्र माथि भर पर्ने व्यक्तिहरुका लागि उल्लेखनीय हानि नोक्सानी हुनसक्ने देखिएमा सो कुराको कारण खुलाई त्यस्तो प्रमाणपत्र निलम्बन गर्न नियन्त्रकले निर्देशन दिएमा ।
(२) प्रमाणपत्रको निलम्बन र निलम्बनको फुकुवा गर्ने सम्बन्धी आधार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।